अघिल्लो वर्ष घाटामा रहेका उपकार लघुवित्त १ करोड ६८ लाख रुपैयाँ नाफामा पुगेको छ।

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा उपकार लघुवित्त वित्तीय संस्थाले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको थियो। यस अवधिमा लघुवित्तको ब्याज आम्दानी ४२.३२ प्रतिशतले वृद्धि भएर ७ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो आम्दानी ४ […]

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा उपकार लघुवित्त वित्तीय संस्थाले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको थियो।

यस अवधिमा लघुवित्तको ब्याज आम्दानी ४२.३२ प्रतिशतले वृद्धि भएर ७ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो आम्दानी ४ करोड ९५ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको सञ्चालन नाफा १ करोड १८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष १ करोड ९० लाख रुपैयाँ घाटामा थियो।

कम्पनीको चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ रहेको छ, र यसको जगेडा कोषमा ११ करोड २६ लाख रुपैयाँ जम्मा छ। प्रतिसेयर आम्दानी २५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ रहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In