अधिक तरलताको समस्या यथावत् : ९ अर्ब ४० करोड परिपक्क हुने भएपछि आज फेरि २० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं, आज — नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न आज फेरि २१ दिनका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गरेको छ। चैत ६ गते निष्काशन गरिएको ९ अर्ब ८० करोड रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण आजै परिपक्क (mature) हुने भएकाले, राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ […]

काठमाडौं, आजनेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न आज फेरि २१ दिनका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गरेको छ।

चैत ६ गते निष्काशन गरिएको ९ अर्ब ८० करोड रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण आजै परिपक्क (mature) हुने भएकाले, राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ प्रणालीबाट प्रशोचन (absorb) गर्न लागेको हो। उल्लेखनीय छ कि उक्त दिन राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ खिच्न चाहेको थियो, तर बैंकहरूले केवल ९ अर्ब ४० करोड मात्र आवेदन दिएका थिए।

प्रमुख विवरणहरू:

  • निक्षेप अवधि: २१ दिन

  • बोलकबोलको अन्तिम समय: आज दिउँसो ३ बजे

  • साँवा तथा ब्याज भुक्तानी मिति: २०८२ साल वैशाख १७ गते

  • ब्याजदर: बोलकबोल (competitive bidding) मार्फत निर्धारण हुने

  • न्यूनतम आवेदन सीमा: १० करोड रुपैयाँ

  • अधिकतम सीमा: बाँकी रकम ५ करोडको गुणांकीय हिसाबमा निःशेष हुने गरी

बैंक तथा वित्तीय संस्थाहरूले यस उपकरणमा सहभागिता जनाएर मौद्रिक नीतिमा सहयोग पुर्‍याउन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In