अधिक तरलताको समस्या यथावत् : आज फेरि ३० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्शन इन्स्ट्रुमेन्ट) जारी गरेको छ। यसअघि चैत १० गते जारी गरिएको १५ अर्ब ७५ करोड रुपैयाँको निक्षेप संकलन उपकरण आजै परिपक्व हुने भएकाले केन्द्रीय बैंकले प्रणालीबाट थप ३० अर्ब रुपैयाँ प्रशोचन […]

काठमाडौं: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्शन इन्स्ट्रुमेन्ट) जारी गरेको छ।

यसअघि चैत १० गते जारी गरिएको १५ अर्ब ७५ करोड रुपैयाँको निक्षेप संकलन उपकरण आजै परिपक्व हुने भएकाले केन्द्रीय बैंकले प्रणालीबाट थप ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने तयारी गरेको हो। सो दिन राष्ट्र बैंकले २० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखे पनि बैंकहरूले १५ अर्ब ७५ करोड रुपैयाँ मात्र बुझाएका थिए।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साँवा तथा ब्याज भुक्तानी मिति २०८२ वैशाख २१ गते तय गरिएको छ।

ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको अन्तरालमा निःशेष भाग जानेगरी माग पेश गर्न सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In