अधिक तरलताको समस्या यथावत् : ५५ अर्ब परिपक्क हुने भएपछि आज फेरि ५० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज २१ दिनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्शन इन्स्ट्रुमेन्ट) जारी गरेको छ। चैत २५ र २७ गते बैंकहरूले राखेको ५५ अर्ब रुपैयाँ बराबरको उपकरण आज परिपक्क हुने भएकाले केन्द्रीय बैंकले पुनः ५० अर्ब रुपैयाँ प्रणालीबाट प्रशोचन गर्न लागेको हो। बोलकबोल […]

काठमाडौं: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज २१ दिनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्शन इन्स्ट्रुमेन्ट) जारी गरेको छ। चैत २५ र २७ गते बैंकहरूले राखेको ५५ अर्ब रुपैयाँ बराबरको उपकरण आज परिपक्क हुने भएकाले केन्द्रीय बैंकले पुनः ५० अर्ब रुपैयाँ प्रणालीबाट प्रशोचन गर्न लागेको हो।

बोलकबोल प्रक्रियामार्फत आवेदन दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन्। यो उपकरणको साँवा र ब्याज भुक्तानी मिति २०८२ साल जेठ ७ गते तोकिएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको माग गर्न सक्नेछन् भने अधिकतम माग गर्दा ५ करोडले निःशेष भाग बाँकी रहने गरी रकम माग गर्नुपर्ने व्यवस्था गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In