काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा रहेको अत्यधिक तरलता नियन्त्रण गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। आज बुधबार (जेठ २८ गते) सो उपकरणको बोलकबोल प्रक्रियामार्फत जारी गरिने केन्द्रीय बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट अत्यधिक तरलता तान्न राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ संकलन […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा रहेको अत्यधिक तरलता नियन्त्रण गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। आज बुधबार (जेठ २८ गते) सो उपकरणको बोलकबोल प्रक्रियामार्फत जारी गरिने केन्द्रीय बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरूबाट अत्यधिक तरलता तान्न राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ २८ गते दिउँसो ३ बजेसम्म बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
साधारणतः बजारमा तरलता अधिक हुँदा केन्द्रीय बैंकले यस्ता उपकरण प्रयोग गरेर प्रणालीबाट रकम फिर्ता लिंदै आएको छ। यसपटक पनि सोही उद्देश्यअनुसार निक्षेप संकलन उपकरण प्रयोग गर्न लागिएको हो।
यस निक्षेप संकलनको साँवा तथा ब्याज असार १८ गते भुक्तानी गरिनेछ। यसमा लाग्ने ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको र अधिकतम ५ अर्ब रुपैयाँसम्मको माग राख्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.