काठमाडौं : यो आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म, अभियान लघुवित्तले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसै अवधिमा यो कम्पनी ६ करोड २४ लाख ६८ हजार रुपैयाँ घाटामा थियो। यस अवधिमा ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो। यस अवधिमा, कम्पनीले ६ करोड ३१ लाख […]
काठमाडौं : यो आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म, अभियान लघुवित्तले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसै अवधिमा यो कम्पनी ६ करोड २४ लाख ६८ हजार रुपैयाँ घाटामा थियो। यस अवधिमा ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो।
यस अवधिमा, कम्पनीले ६ करोड ३१ लाख ५८ हजार रुपैयाँ ब्याज आम्दानी प्राप्त गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा यसको ब्याज आम्दानी १२ लाख ५७ हजार रुपैयाँ नकारात्मक थियो। यसैगरी, यस अवधिमा कम्पनीले ४६ लाख ५३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
पुस महिनाको अन्त्यसम्म, कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८१ पैसा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.