अमरिकी डलरको भाउ आज पनि घट्यो, अन्य प्रमुख देशका विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : आज पनि अमेरिकी डलरको विनिमय दर केही घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज वैशाख ४ गते बिहीबार अमेरिकी डलरको बिक्री दर १३७ रुपैयाँ ३९ पैसा र खरिद दर १३६ रुपैयाँ ७९ पैसा कायम भएको छ। बुधबारको तुलनामा, डलरको दरमा गिरावट आएको हो। हिजो अर्थात् बुधबार, डलरको बिक्री दर १३७ रुपैयाँ ५४ […]

काठमाडौं : आज पनि अमेरिकी डलरको विनिमय दर केही घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, आज वैशाख ४ गते बिहीबार अमेरिकी डलरको बिक्री दर १३७ रुपैयाँ ३९ पैसा र खरिद दर १३६ रुपैयाँ ७९ पैसा कायम भएको छ।

बुधबारको तुलनामा, डलरको दरमा गिरावट आएको हो। हिजो अर्थात् बुधबार, डलरको बिक्री दर १३७ रुपैयाँ ५४ पैसा र खरिद दर १३६ रुपैयाँ ९४ पैसा थियो। त्यसअघि मंगलबार पनि डलरको भाउ घट्दो क्रममा रहेको थियो।

नेपाल राष्ट्र बैंकले आज अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर पनि सार्वजनिक गरेको छ।

  • युरो (EURO): बिक्री दर १५६ रुपैयाँ १९ पैसा, खरिद दर १५५ रुपैयाँ ५१ पैसा

  • बेलायती पाउन्ड (GBP): बिक्री दर १८२ रुपैयाँ ३६ पैसा, खरिद दर १८१ रुपैयाँ ५६ पैसा

  • जापानी येन (१० येन): बिक्री दर ९ रुपैयाँ ५९ पैसा, खरिद दर ९ रुपैयाँ ६३ पैसा

  • अष्ट्रेलियन डलर (AUD): बिक्री दर ८७ रुपैयाँ ५८ पैसा, खरिद दर ८७ रुपैयाँ २० पैसा

  • क्यानेडियन डलर (CAD): बिक्री दर ९८ रुपैयाँ ७४ पैसा, खरिद दर ९८ रुपैयाँ ३० पैसा

  • कतारी रियाल (QAR): बिक्री दर ३७ रुपैयाँ ६९ पैसा, खरिद दर ३७ रुपैयाँ ५३ पैसा

राष्ट्र बैंकका अनुसार आज पनि अधिकांश विदेशी मुद्राहरूको विनिमय दरमा सानो घटबढ देखिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In