अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अरु मुद्राहरुको मूल्य

काठमाडौं : आज अमेरिकी डलरको भाउ बढेको छ। जेठ २२ गते बिहीबार अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ भने खरिददर १३७ रुपैयाँ १५ पैसा रहेको छ। यसअघि बुधबार डलरको बिक्रीदर १३७ रुपैयाँ २५ पैसा र खरिददर १३६ रुपैयाँ ६५ पैसा थियो। राष्ट्र बैंकका अनुसार, आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ८१ […]

काठमाडौं : आज अमेरिकी डलरको भाउ बढेको छ। जेठ २२ गते बिहीबार अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ भने खरिददर १३७ रुपैयाँ १५ पैसा रहेको छ। यसअघि बुधबार डलरको बिक्रीदर १३७ रुपैयाँ २५ पैसा र खरिददर १३६ रुपैयाँ ६५ पैसा थियो।

राष्ट्र बैंकका अनुसार, आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा र खरिददर १५६ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउन्डको बिक्रीदर १८६ रुपैयाँ २२ पैसा र खरिददर १८५ रुपैयाँ ४१ पैसा रहेको छ। जापानी १० येनको बिक्रीदर ९ रुपैयाँ ५५ पैसा र खरिददर ९ रुपैयाँ ५१ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा तोकिएको छ। क्यानाडियन डलरको खरिददर १०० रुपैयाँ ०३ पैसा र बिक्रीदर १०० रुपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In