काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन सबै विषयगत मन्त्रालयहरूलाई पठाएको छ। बजेट स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिएको छ। मार्गदर्शनअनुसार मितव्ययी खर्च, प्राथमिकता प्राप्त आयोजना छनोट, दोहोरोपन हटाउने र कार्यान्वयन योग्य योजना मात्र समावेश गर्ने भनिएको […]
काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन सबै विषयगत मन्त्रालयहरूलाई पठाएको छ। बजेट स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिएको छ।
मार्गदर्शनअनुसार मितव्ययी खर्च, प्राथमिकता प्राप्त आयोजना छनोट, दोहोरोपन हटाउने र कार्यान्वयन योग्य योजना मात्र समावेश गर्ने भनिएको छ। नयाँ योजना प्रस्ताव गर्दा पर्याप्त तयारी र लागत–लाभ विश्लेषण आवश्यक पर्नेछ, भने हाल सञ्चालनमा रहेका योजनाहरूलाई पूरा गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने मन्त्रालयको निर्देशन छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.