अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट लेखन समिति गठन, समितिमा को छन्?

काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयार गर्न बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजक बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन्। अन्य सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल […]

काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयार गर्न बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजक बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन्। अन्य सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्।

समितिले बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरण, बजेट वक्तव्यको मस्यौदा तयारी र नीति-कार्यक्रममा सुझाव पेश गर्ने जिम्मेवारी पाएको संयोजक नेपालले जानकारी दिएका छन्।

अर्थ मन्त्रालयले स्रोत समिति निर्णयअनुसार चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको सीमा निर्धारण गरिसकेको छ। समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई, समपूरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोगलाई तथा सशर्त अनुदान सम्बन्धित विषयगत मन्त्रालयहरूलाई उपलब्ध गराइएको छ।

राष्ट्रिय गौरवका आयोजना र प्रमुख योजनाहरूका लागि छुट्टै बजेट विनियोजन गरिएको छ। बजेट मार्गदर्शन अनुसार नयाँ आयोजना प्रस्ताव गर्दा चालु योजनालाई प्राथमिकता दिने, दोहोरो आयोजना समावेश नगर्ने तथा आयोजना बैंकमा सूचीकृत भएका योजनाहरू मात्र समावेश गर्ने निर्देशन दिइएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In