आइएमई लाइफ इन्सुरेन्सको लाभांश पारित गर्न एजीएम कहिले हुँदैछ?

काठमाडौं: आइएमई लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन २५ गते, आइतबार बस्ने भएको छ। सभा बिहान ११ बजे, दियो महल, धुम्बाराही, काठमाडौंमा आयोजना हुनेछ। सभामा सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहबारे छलफल हुनेछ। त्यसैगरी, आर्थिक वर्ष २०८१–८२ का […]

काठमाडौं: आइएमई लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन २५ गते, आइतबार बस्ने भएको छ। सभा बिहान ११ बजे, दियो महल, धुम्बाराही, काठमाडौंमा आयोजना हुनेछ।

सभामा सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहबारे छलफल हुनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार फागुन १४ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In