काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नाफामा गिरावट आएको छ। यस अवधिमा खुद नाफा २२.१४ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जबकि गत वर्ष सोही अवधिमा १८ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी २०.८२ प्रतिशतले घटेर १५ […]
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नाफामा गिरावट आएको छ। यस अवधिमा खुद नाफा २२.१४ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जबकि गत वर्ष सोही अवधिमा १८ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी २०.८२ प्रतिशतले घटेर १५ करोड ५३ लाख रुपैयाँ पुगेको छ, भने खुद बिमा शुल्क पनि २.२३ प्रतिशतले घट्दै ५० करोड रुपैयाँमा सीमित भएको छ।
पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जबकि रिटेन्ड अर्निङ ३६ करोड ६५ लाख रुपैयाँ कायम छ। यस अवधिमा प्रतिसेयर आम्दानी (EPS) २ रुपैयाँ ६८ पैसाले घटेर ९ रुपैयाँ ४५ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ९४ पैसा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.