आइसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन खुला, ९ प्रतिशत ब्याजदर प्रदान हुनेछ।

आइसीएफसी फाइनान्स लिमिटेडले आज (माघ ९ गते) देखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमा, १ लाख ८० हजार इकाई कम्पनीले अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १ लाख २० हजार इकाई सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएका ऋणपत्रमध्ये […]

आइसीएफसी फाइनान्स लिमिटेडले आज (माघ ९ गते) देखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ लाख इकाई ऋणपत्र जारी गरेको हो।

यसमा, १ लाख ८० हजार इकाई कम्पनीले अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १ लाख २० हजार इकाई सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएका ऋणपत्रमध्ये ५ प्रतिशत (६ हजार इकाई) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

कम्पनीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो, जसमा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

यो ऋणपत्रमा आवेदन प्रक्रिया कुमारी क्यापिटलले व्यवस्थापन गरेको छ। इच्छुक लगानीकर्ताले माघ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त समयभित्र सबै ऋणपत्र बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन खुला रहनेछ।

यो ऋणपत्रमा न्यूनतम २५ इकाई र अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदनका लागि सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनमा पनि आवेदन दिन सकिनेछ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In