आइसिएफसि फाइनान्सको ८ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री खुला

आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले आज (फागुन ११ गते) देखि ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन […]

आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले आज (फागुन ११ गते) देखि ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशन छिटोमा फागुन १४ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म खुला रहने जनाइएको छ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले फाइनान्सलाई “केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यस ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In