आजबाट क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आईपीओ आवेदन प्रक्रिया प्रारम्भ भएको छ।

काठमाडौं: क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आज, बिहीबार फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले प्रत्येक सेयरको मूल्य १०० रुपैयाँ राखी १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो। यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति प्राप्त भएको […]

काठमाडौं: क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आज, बिहीबार फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले प्रत्येक सेयरको मूल्य १०० रुपैयाँ राखी १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो।

यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति प्राप्त भएको थियो, जसमा विदेशमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। साथै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ।

सर्वसाधारणले बाँकी रहेका १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्, जुन फागुन २६ गतेसम्म खुला रहनेछ। उक्त अवधिमा नबिकेमा, चैत ७ गतेसम्म आवेदन दिने अवसर हुनेछ। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म गर्न सकिन्छ।

यस आईपीओमा आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत गर्न सकिन्छ। यसका बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्स कम्पनीको आईपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। इक्रा नेपालले २०८१ भदौ ७ गते यो रेटिङ प्रदान गरेको थियो, जुन २०८२ भदौ ५ गतेसम्म वैध रहनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In