आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम बिक्री खुला

काठमाडौं – प्रभु क्यापिटलले शुक्रबार, जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ नामक खुलामुखी म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको छ। यो योजनाअन्तर्गत सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँको दरमा इकाई खरिद गर्न सक्नेछन्। कुल ४ करोड इकाईमध्ये ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको […]

काठमाडौं – प्रभु क्यापिटलले शुक्रबार, जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ नामक खुलामुखी म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको छ। यो योजनाअन्तर्गत सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँको दरमा इकाई खरिद गर्न सक्नेछन्।

कुल ४ करोड इकाईमध्ये ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ३ करोड ४० लाख इकाईमध्ये पहिलो चरणमा २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले जेठ २७ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाई बिक्री नभएमा असार ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो योजनामा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र ‘मेरो सेयर’ प्लेटफर्ममार्फत आवेदन दिन सकिनेछ। खुलामुखी योजना भएकाले इकाई बाँडफाँटपछि योजना व्यवस्थापक वा तिनले तोकेको वितरकमार्फत खरिदबिक्री गर्न सकिनेछ।

प्रभु क्यापिटलका अनुसार, इकाई बाँडफाँट भएको तीन महिनाभित्र योजनाको वितरणका लागि आवश्यक वितरक तोक्ने प्रक्रिया पूरा गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In