आजदेखि बिदा बस्दै गभर्नर अधिकारी

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (चैत ५ गते) देखि १० दिनका लागि अनिवार्य बिदामा गएका छन्। उनी चैत १५ गते पुनः राष्ट्र बैंक फर्किनेछन्। गभर्नर अधिकारीको पाँच वर्षीय कार्यकाल यही चैत २४ गते पूरा हुँदैछ। उनले २०७६ चैत २४ गते नियुक्ति पाई चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए। उनको कार्यकाल समाप्त हुन […]

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (चैत ५ गते) देखि १० दिनका लागि अनिवार्य बिदामा गएका छन्। उनी चैत १५ गते पुनः राष्ट्र बैंक फर्किनेछन्।

गभर्नर अधिकारीको पाँच वर्षीय कार्यकाल यही चैत २४ गते पूरा हुँदैछ। उनले २०७६ चैत २४ गते नियुक्ति पाई चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए। उनको कार्यकाल समाप्त हुन लागेसँगै सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।

यसक्रममा, गभर्नर पदका लागि आकांक्षीहरूको संख्या बढ्दै गएको छ। भावी गभर्नरको कुर्सी सुरक्षित गर्न केही आकांक्षीहरूले शक्तिकेन्द्रहरूसँग निकटता बढाउने प्रयास गरिरहेका छन्, भने कतिपयले अर्थतन्त्रमा सुधारका योजना प्रस्तुत गर्न थालिसकेका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In