काठमाडौं : रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गते, बुधबारदेखि आफ्नो म्युचुअल फन्ड योजना ‘रिलायबल समृद्धि योजना’ बिक्रीका लागि सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फन्ड जारी गरिएको हो। प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको छ। कुल फन्डको १५ प्रतिशत इकाई सुरक्षित गरिएको छ, जसमा रिलायबल लाइफ […]
काठमाडौं : रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गते, बुधबारदेखि आफ्नो म्युचुअल फन्ड योजना ‘रिलायबल समृद्धि योजना’ बिक्रीका लागि सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फन्ड जारी गरिएको हो। प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको छ।
कुल फन्डको १५ प्रतिशत इकाई सुरक्षित गरिएको छ, जसमा रिलायबल लाइफ इन्सुरेन्सलाई कोष प्रवर्धकको रूपमा १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापकलाई १ प्रतिशत अर्थात् १० लाख इकाई छुट्याइएको छ। बाँकी रहेका ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।
यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरोसेयरमार्फत गर्न सकिनेछ। प्रारम्भिक आवेदन म्याद वैशाख ७ गतेसम्म तोकिएको छ, तर सो अवधिमा सबै इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यो योजना बन्दमुखी प्रकारको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.