वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सानिगाड हाइड्रो लिमिटेड ले खुलाएको आईपीओमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ। समयमै आवेदन नगरेमा यो अवसर छुट्न सक्छ। 📊 आईपीओ विवरण जारी पूँजी: २ अर्ब ८५ करोड रुपैयाँ निष्काशन प्रतिशत: ३०% कुल शेयर: ८५ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: ५ लाख […]
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सानिगाड हाइड्रो लिमिटेड ले खुलाएको आईपीओमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ। समयमै आवेदन नगरेमा यो अवसर छुट्न सक्छ।
📊 आईपीओ विवरण
- जारी पूँजी: २ अर्ब ८५ करोड रुपैयाँ
- निष्काशन प्रतिशत: ३०%
- कुल शेयर: ८५ लाख ५० हजार कित्ता
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:
- ५ लाख ७० हजार कित्ता (१०%)
- मूल्य: प्रतिकित्ता १०० रुपैयाँ
📝 आवेदन सम्बन्धी जानकारी
- न्यूनतम आवेदन: १० कित्ता
- अधिकतम आवेदन: २०,००० कित्ता
- आवेदन माध्यम: C-ASBA प्रणाली
- आवेदन गर्न सकिने स्थान: ASBA सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
⚖️ रेटिङ्ग र जोखिम
इक्रा नेपाल ले कम्पनीलाई ICRANP-IR BB- (डबल बी माइनस) रेटिङ्ग दिएको छ।
👉 यसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
⚡ आयोजना विवरण
- आयोजना: माथिल्लो कालंगागाड जलविद्युत आयोजना
- क्षमता: ३८.४६ मेगावाट
- कुल लागत: ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ
- प्रति मेगावाट लागत: २२ करोड ५८ लाख रुपैयाँ
- विद्युत उत्पादन अनुमति अवधि: २५ वर्ष ३ महिना बाँकी
💰 लगानी फिर्ता अवधि
- साधारण Payback Period: ८.२५ वर्ष
- Discounted Payback Period: १४.६९ वर्ष
🏦 बिक्री प्रबन्धक
- लक्ष्मी सनराइज क्यापिटल लिमिटेड
Be the first to comment.