आज आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो।

काठमाडौं: आइसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि जारी गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद आज समाप्त हुँदैछ। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँका दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको छ। जसमध्ये १ लाख ८० हजार इकाई अन्य संस्थाहरूलाई निजी पहलमा बिक्री गरिने छ। फाइनान्सले ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र […]

काठमाडौं: आइसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि जारी गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद आज समाप्त हुँदैछ। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँका दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको छ। जसमध्ये १ लाख ८० हजार इकाई अन्य संस्थाहरूलाई निजी पहलमा बिक्री गरिने छ।

फाइनान्सले ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमध्ये १८ करोड रुपैयाँ बराबरका १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरमा बाँडफाँट हुनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरका १ लाख २० हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणलाई बाँडफाँट गरिने ऋणपत्रमध्ये ६ हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

कम्पनीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो। यसमा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ, जसलाई प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

यस ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। आवेदन दिने समय माघ १३ गतेसम्म रहेपनि सबै इकाई बिक्री नभए माघ २३ गतेसम्म खुला रहनेछ। इच्छुक आवेदकले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन पनि दिन सकिनेछ।

क्रेडिट रेटिङका लागि केयर रेटिङ नेपालले आइसीएफसीलाई ‘केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In