काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्नको लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले बुधबार, फागुन २१ गते उक्त उपकरणको बोलकबोल प्रक्रिया सञ्चालन हुने जानकारी दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्नका लागि यो निक्षेप संकलन उपकरण प्रयोग गर्दै ५० […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्नको लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले बुधबार, फागुन २१ गते उक्त उपकरणको बोलकबोल प्रक्रिया सञ्चालन हुने जानकारी दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्नका लागि यो निक्षेप संकलन उपकरण प्रयोग गर्दै ५० अर्ब रुपैयाँ तान्ने छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेका अधिक तरलतालाई व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले यो निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ, र यसपटक २१ दिनका लागि यो प्रक्रिया जारी हुनेछ।
साँवा र ब्याज भुक्तानी मिति चैत्र १३ गते निर्धारण गरिएको छ, र ब्याजदर भने बोलकबोलबाटै तय हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडको शेष रकमको बराबरमा माग गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.