आज पनि केन्द्रीय बैंकले बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्दै, तरलता अधिक मात्रामा मौजूद

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकका अनुसार, आइतबार फागुन २५ गते उक्त उपकरणको बोलकबोल प्रक्रिया सम्पन्न हुनेछ। राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने योजना बनाएको हो। इच्छुक बैंक र […]

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकका अनुसार, आइतबार फागुन २५ गते उक्त उपकरणको बोलकबोल प्रक्रिया सम्पन्न हुनेछ। राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने योजना बनाएको हो। इच्छुक बैंक र वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले यसअघि पनि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसपटक राष्ट्र बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्नेछ।

साँवा र ब्याज भुक्तानी मिति चैत्र १७ गते निर्धारण गरिएको छ। ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुनेछ। बैंक र वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँको माग गर्न सक्नेछन्, जसमा निःशेष भाग बाँडफाँड गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In