आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मिति

काठमाडौं: आज फागुन २७ गते, मंगलबार, नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ, किनभने दुवै कम्पनीले फागुन २८ गते बुक क्लोज गर्नेछन्। सिटिजन लाइफ इन्सुरेन्स ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत […]

काठमाडौं: आज फागुन २७ गते, मंगलबार, नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ, किनभने दुवै कम्पनीले फागुन २८ गते बुक क्लोज गर्नेछन्।

सिटिजन लाइफ इन्सुरेन्स ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर१.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्नेछ। सो लाभांश पारित गर्न कम्पनीले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ, जसको आयोजना आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे हुनेछ।

त्यसैगरी, नेष्डो समृद्ध लघुवित्त ले लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ। यस प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाइएको छ, जुन रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११:३० बजे सुरु हुनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In