आरबीबी म्युचुअल फन्ड–१ र २ को न्याभ र नाफा बढ्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं: आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित दुईवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) तथा नाफा वैशाख महिनामा वृद्धि भएको छ। ‘आरबीबी म्युचुअल फन्ड–१’ को प्रतिइकाई न्याभ वैशाख मसान्तमा १८ पैसाले वृद्धि भई ११ रुपैयाँ ०३ पैसा पुगेको छ, जुन चैतमा १० रुपैयाँ ८५ पैसा थियो। यद्यपि, फन्डको सूचीकृत कम्पनीहरूको सेयरमा लगानी भने अलिकति घटेको […]

काठमाडौं: आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित दुईवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) तथा नाफा वैशाख महिनामा वृद्धि भएको छ।

आरबीबी म्युचुअल फन्ड–१’ को प्रतिइकाई न्याभ वैशाख मसान्तमा १८ पैसाले वृद्धि भई ११ रुपैयाँ ०३ पैसा पुगेको छ, जुन चैतमा १० रुपैयाँ ८५ पैसा थियो। यद्यपि, फन्डको सूचीकृत कम्पनीहरूको सेयरमा लगानी भने अलिकति घटेको छ। चैतमा १ अर्ब ७ करोड २२ लाख रुपैयाँ लगानी गरिएको थियो भने वैशाखमा यो रकम घटेर १ अर्ब ७ करोड २० लाख रुपैयाँमा झरेको छ।

वैशाख मसान्तसम्म फन्डको बैंक मौज्दात ९ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा फन्डले ६५ वटा सूचीकृत कम्पनीका सेयर खरिद गरेको छ। नाफा पक्षमा हेर्दा, वैशाख मसान्तसम्म यो फन्ड १२ करोड ९८ लाख रुपैयाँ नाफामा रह्यो, जुन अघिल्लो महिनाको १० करोड ७१ लाख रुपैयाँभन्दा उच्च हो।

आरबीबी म्युचुअल फन्ड–२ को पनि न्याभ वृद्धि भएको छ। वैशाख मसान्तमा यसको प्रतिइकाई खुद सम्पत्ति मूल्य ७ पैसाले बढेर ११ रुपैयाँ २० पैसा पुगेको छ, जुन चैतमा ११ रुपैयाँ १३ पैसा थियो।

यो फन्डको सूचीकृत सेयरमा लगानी पनि केही घटेको देखिएको छ। चैतमा ७७ करोड ५० लाख रुपैयाँको लगानी रहेकोमा वैशाख मसान्तसम्ममा यो रकम घटेर ७६ करोड ५ लाख रुपैयाँमा झरेको छ।

यस फन्डको बैंक मौज्दात वैशाख मसान्तसम्ममा ७ करोड ३० लाख रुपैयाँ पुगेको छ। फन्डले यस अवधिमा ४६ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ। फन्डको नाफा वैशाखमा ८ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जुन चैतको ७ करोड ६९ लाख रुपैयाँभन्दा बढि हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In