काठमाडौं: आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ १४ गते बस्ने भएको छ। सभा बिहान १० बजे बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा आयोजना हुनेछ। यसपटक लघुवित्तले सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ, जसका कारण सेयरधनीहरूले यो वर्ष पनि लाभांश पाउने छैनन्। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा-नोक्सान विवरणमाथि छलफल हुनेछ। […]
काठमाडौं: आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ १४ गते बस्ने भएको छ। सभा बिहान १० बजे बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा आयोजना हुनेछ।
यसपटक लघुवित्तले सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ, जसका कारण सेयरधनीहरूले यो वर्ष पनि लाभांश पाउने छैनन्। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा-नोक्सान विवरणमाथि छलफल हुनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश छ। साथै, अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा राखिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ। यसअनुसार, माघ १ गतेसम्म नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.