आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा २४८.२८% ले वृद्धि भई २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा ६ करोड ८९ हजार रुपैयाँ थियो। नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा ६७.४७% र सञ्चालन मुनाफामा २५५.३६% को वृद्धि भएका कारण हो। कम्पनीको […]
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा २४८.२८% ले वृद्धि भई २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा ६ करोड ८९ हजार रुपैयाँ थियो।
नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा ६७.४७% र सञ्चालन मुनाफामा २५५.३६% को वृद्धि भएका कारण हो। कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २८ रुपैयाँ ५५ पैसा पुगेको छ, जुन अघिल्लो वर्षभन्दा १९ रुपैयाँ १८ पैसा बढी हो।
असार मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ, नेटवर्थ १७२ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ३१.३८ गुणा रहेको छ।
७३ करोड ३० लाख चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। संस्थाले ९ अर्ब ६६ करोड निक्षेप संकलन गरी १० अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.