आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज परेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली, मंसिर २२ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले आगामी सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित गर्न सक्नेछन्। लघुवित्तले पुस ४ गते, शुक्रबार, धुलिखेलस्थित होटल […]
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज परेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली, मंसिर २२ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले आगामी सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित गर्न सक्नेछन्।
लघुवित्तले पुस ४ गते, शुक्रबार, धुलिखेलस्थित होटल अरनिको प्रा.लि.मा साधारण सभा बोलाएको छ। सभा दिउँसो २ बजे सुरू हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अन्य लघुवित्तसँग सम्भावित मर्जर/एक्विजिशन सम्बन्धी प्रक्रिया अघि बढाउन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, र नयाँ लेखापरीक्षक नियुक्त गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार दिने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.