इन्फिनिटी लघुवित्तले ९ करोड रुपैयाँको नोक्सान भोगेको छ।

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म, इन्फिनिटी लघुवित्तले ९ करोड ४६ लाख २२ हजार रुपैयाँको नोक्सानी झेलेको छ। अघिल्लो वर्षको समान अवधिमा यसले १ करोड ४९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी भने १८.४४ प्रतिशतले बढेर १२ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ। यद्यपि, इम्पेयरमेन्ट चार्जको वृद्धि […]

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म, इन्फिनिटी लघुवित्तले ९ करोड ४६ लाख २२ हजार रुपैयाँको नोक्सानी झेलेको छ। अघिल्लो वर्षको समान अवधिमा यसले १ करोड ४९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी भने १८.४४ प्रतिशतले बढेर १२ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ। यद्यपि, इम्पेयरमेन्ट चार्जको वृद्धि कारण यसको खुद नाफामा नकारात्मक असर परेको हो। गत वर्ष ७१ लाख ५७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष १२ करोड १ लाख ३० हजार रुपैयाँ पुगेको छ। साथै, सञ्चालन नाफा पनि ९ करोड ४६ लाख २२ हजार रुपैयाँ ऋणात्मक भएको छ।

पुस मसान्तसम्म इन्फिनिटी लघुवित्तको चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ पुगेको छ। नाफामा गिरावटको कारण प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ, जुन १९ रुपैयाँ ०२ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ भने ११८ रुपैयाँ ६१ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In