बलेवा (बागलुङ) : इमेज बचत तथा ऋण सहकारीका ५४७ बचतकर्तालाई १ करोड रुपैयाँ फिर्ता गरिएको छ। सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्तालाई रकम फिर्ता दिन थालिएको हो। ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख, गल्कोटका १४७ जनाले समेत रकम फिर्ता पाएका छन्। बचतकर्ताहरूको बाँकी रकम फिर्ता गर्न मिना ग्रुप कम्पनी प्रालिसँग सम्झौता गरिएको छ। […]
बलेवा (बागलुङ) : इमेज बचत तथा ऋण सहकारीका ५४७ बचतकर्तालाई १ करोड रुपैयाँ फिर्ता गरिएको छ। सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्तालाई रकम फिर्ता दिन थालिएको हो।
ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख, गल्कोटका १४७ जनाले समेत रकम फिर्ता पाएका छन्। बचतकर्ताहरूको बाँकी रकम फिर्ता गर्न मिना ग्रुप कम्पनी प्रालिसँग सम्झौता गरिएको छ।
ठगी मुद्दा दायर गरिएका ५४७ पीडितले बिगो दाबी नगर्ने सहमति जनाएपछि अदालतले मिलापत्र प्रक्रिया अघि बढाएको हो। सहकारीका अध्यक्ष देवकुमार नेपाली भने हाल पनि थुनामा रहेका छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.