उन्नति सहकार्य लघुवित्तले एजीएम बोलाएको छ, यसका के–के एजेन्डा छन्?

काठमाडौं : उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा (एजीएम) बस्ने भएको छ। सभा होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा बिहान ११ बजे सुरु हुनेछ। यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखेको छैन, त्यसैले कम्पनीका सेयरधनीको हात खाली रहनेछ। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा र नोक्सान सम्बन्धी हिसाबको बारेमा छलफल हुनेछ। आर्थिक वर्ष […]

काठमाडौं : उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा (एजीएम) बस्ने भएको छ। सभा होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा बिहान ११ बजे सुरु हुनेछ। यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखेको छैन, त्यसैले कम्पनीका सेयरधनीको हात खाली रहनेछ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा र नोक्सान सम्बन्धी हिसाबको बारेमा छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

त्यसैगरी, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, यसर्थ माघ १४ गतेसम्म कायम सेयरधनीमात्र सभा मा सहभागी हुन पाउनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In