एआई र साइबर सुरक्षामा प्रवर्धनमा ईयूले १ अर्ब ४१ करोड डलर लगानी गर्ने

ब्रसेल्स: युरोपेली आयोगले कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड, डाटा र साइबर सुरक्षालगायत डिजिटल प्रविधिहरूमा सन् २०२७ सम्म १.३ अर्ब युरो (झन्डै १ अर्ब ४१ करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। यो कोष युरोपेली संघ (ईयू) को डिजिटल युरोप कार्यक्रम (DIGITAL) अन्तर्गत पर्दछ, जसको मुख्य उद्देश्य रणनीतिक प्रविधिहरूको प्रवर्धन गर्दै महादेशको प्राविधिक सार्वभौमिकता सुदृढ बनाउनु […]

ब्रसेल्स: युरोपेली आयोगले कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड, डाटा र साइबर सुरक्षालगायत डिजिटल प्रविधिहरूमा सन् २०२७ सम्म १.३ अर्ब युरो (झन्डै १ अर्ब ४१ करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ।

यो कोष युरोपेली संघ (ईयू) को डिजिटल युरोप कार्यक्रम (DIGITAL) अन्तर्गत पर्दछ, जसको मुख्य उद्देश्य रणनीतिक प्रविधिहरूको प्रवर्धन गर्दै महादेशको प्राविधिक सार्वभौमिकता सुदृढ बनाउनु हो।

कार्यक्रमका प्रमुख प्राथमिकताहरूमा जनरेटिभ एआई अनुप्रयोगहरूको पहुँच सुधार, साइबर सुरक्षामा लचिलोपन वृद्धि, जलवायु अनुकूलन तथा प्रकोप जोखिम व्यवस्थापनलाई समर्थन गर्न पृथ्वीको शक्तिशाली डिजिटल मोडेल निर्माण समावेश छन्।

यस कार्यक्रमले डिजिटल शिक्षा तथा प्रशिक्षणलाई पनि प्रवर्द्धन गर्नेछ, साथै संस्थाहरूलाई उन्नत डिजिटल सीपहरू विकास गर्न मद्दत गर्नेछ। सन् २०२१ देखि २०२७ सम्मको अवधिका लागि डिजिटल ईयू को कुल कोष ८ अर्ब १० करोड युरो रहेको छ, जुन मुख्यतः व्यवसाय र नागरिकहरूको डिजिटल रूपान्तरणमा केन्द्रित छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In