एक्सेल डेभलपमेन्ट बैंकको ९ करोड रुपैयाँ घाटा, खराब कर्जा ८.५ प्रतिशत

काठमाडौं: एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड ५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६ करोड ९९ लाख रुपैयाँ घाटा देखेको थियो, जसमा यस वर्षको खुद नोक्सानी २ करोड ५ लाख रुपैयाँले वृद्धि भएको हो। बैंकको खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेको छ, र सञ्चालन […]

काठमाडौं: एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड ५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६ करोड ९९ लाख रुपैयाँ घाटा देखेको थियो, जसमा यस वर्षको खुद नोक्सानी २ करोड ५ लाख रुपैयाँले वृद्धि भएको हो।

बैंकको खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेको छ, र सञ्चालन आम्दानी पनि ३.११ प्रतिशतले घटेको छ। यसका साथै, बैंकको इम्पेयरमेन्ट चार्ज ७.७३ प्रतिशत बढेर १७ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जसका कारण बैंकको घाटा अझै बढेको छ। बैंकको सञ्चालन नाफा र वितरणयोग्य नाफा पनि ऋणात्मक स्थितिमा रहेका छन्।

चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ८० करोड १४ लाख रुपैयाँ जम्मा भएको छ। बैंकको खराब कर्जा ८.५६ प्रतिशत पुगेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In