काठमाडौं: एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे सिद्धार्थ होटल, बिर्तामोड, झापामा आयोजना हुनेछ। यस पटकको सभामा बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन, किनभने बैंकले यसअघि नै आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जानकारी गराइसकेको छ। सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, […]
काठमाडौं: एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे सिद्धार्थ होटल, बिर्तामोड, झापामा आयोजना हुनेछ।
यस पटकको सभामा बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन, किनभने बैंकले यसअघि नै आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जानकारी गराइसकेको छ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमाथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा राखिएको छ।
त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गरिनेछ।
सभा प्रयोजनका लागि बैंकले फागुन २९ गते बुक क्लोज गर्ने भएकोले फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाउन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.