एक्सेल डेभलपमेन्ट बैंकको कहिले बस्दैछ एजीएम ? यस्ता छन् एजेन्डाहरु

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो चैत ११ गते साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे सिद्धार्थ होटल, बिर्तामोड, झापामा सुरु हुनेछ। यस पटकको सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन, किनभने बैंकले यसअघि नै आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ। सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, […]

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो चैत ११ गते साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे सिद्धार्थ होटल, बिर्तामोड, झापामा सुरु हुनेछ। यस पटकको सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन, किनभने बैंकले यसअघि नै आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरिसकेको छ।

सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान विवरण, तथा नगद प्रवाहमाथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, अन्य बैंक वा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन प्रक्रियाका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार, फागुन २९ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, आज (बुधबार, फागुन २८ गते) सम्म कायम सेयरधनीहरू सभामा सहभागिता जनाउन योग्य रहनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In