५ हाइड्रोपावर कम्पनीको सेयरमा लकइन अवधि समाप्त

आगामी एक महिनाभित्र पाँच वटा हाइड्रोपावर कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीहरूलाई जारी गरिएको सेयरमा लकइन अवधि समाप्त हुने भएको छ। लकइन अवधि समाप्त भएपछि यी सेयरहरू साधारण सेयरसरह बजारमा कारोबारमा आउने छन्, जसले बजारमा सेयर आपूर्ति बढाउने हुँदा मूल्य घट्ने जोखिम रहन्छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीहरूले लकइन समाप्ति मितिको एक महिना अघिनै […]

आगामी एक महिनाभित्र पाँच वटा हाइड्रोपावर कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीहरूलाई जारी गरिएको सेयरमा लकइन अवधि समाप्त हुने भएको छ। लकइन अवधि समाप्त भएपछि यी सेयरहरू साधारण सेयरसरह बजारमा कारोबारमा आउने छन्, जसले बजारमा सेयर आपूर्ति बढाउने हुँदा मूल्य घट्ने जोखिम रहन्छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीहरूले लकइन समाप्ति मितिको एक महिना अघिनै सूचना प्रकाशित गर्दै सूचना दिँदै आएका छन्। लकइन अवधि सकिन लागेका कम्पनीहरू निम्नानुसार छन्:

  1. विन्ध्यबासिनी हाइड्रोपावर लिमिटेड (BHDC)

    • सेयर संख्या: ९६ लाख ७१ हजार ८८

    • लकइन समाप्ति मिति: असार २ गते

  2. दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड (DORDI)

    • सेयर संख्या: ८४ लाख १२ हजार ९६०

    • लकइन समाप्ति मिति: असार ७ गते

  3. हिमालयन हाइड्रोपावर लिमिटेड (HHL)

    • सेयर संख्या: ९० लाख २१ हजार ११५

    • लकइन समाप्ति मिति: असार २७ गते

  4. अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC)

    • सेयर संख्या: १ करोड १५ लाख ८१ हजार ६५०

    • लकइन समाप्ति मिति: असार २९ गते

  5. अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA)

    • सेयर संख्या: ३५ लाख

    • लकइन समाप्ति मिति: असार ३१ गते

यी कम्पनीका लाखौँ कित्ता सेयरहरू बजारमा आउने तयारीमा छन्, जसले गर्दा सेयरको मूल्यमा चाप पर्न सक्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरूलाई यस्ता कम्पनीका सेयर खरिद वा होल्ड गर्दा सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In