एचआइडीसीएलको नाफामा गिरावट, छ महिनामा ५२ करोड २३ लाख रुपैयाँ आम्दानी

काठमाडौं: जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.६२ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको वित्तीय आम्दानी २९.५९ प्रतिशत घटेर ७५ करोड […]

काठमाडौं: जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.६२ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको वित्तीय आम्दानी २९.५९ प्रतिशत घटेर ७५ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, ग्राहकसँगको सम्झौताबाट हुने आम्दानी पनि १ करोड २३ लाख रुपैयाँबाट घटेर ४७ लाख ३ हजार रुपैयाँमा झरेको छ।

२४ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एचआइडीसीएलको जगेडा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ६.६१ रुपैयाँबाट घटेर वार्षिक रूपमा ४.२५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In