एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने काठमाडौं: एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सेयर जारी गर्न बैंकको सञ्चालक समिति बैठकले निर्णय गरेको छ। उक्त प्रस्ताव पारित गर्न फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, […]
एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने
काठमाडौं: एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका सेयर जारी गर्न बैंकको सञ्चालक समिति बैठकले निर्णय गरेको छ। उक्त प्रस्ताव पारित गर्न फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २७औं वार्षिक साधारण सभा बोलाइएको छ।
सभाले अग्राधिकार सेयर जारी गर्न आवश्यक स्वीकृति लिने क्रममा आवश्यक संशोधन वा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। साथै, बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा सहायक कम्पनीहरू— एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको वित्तीय विवरण पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय गरिनेछ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share) साधारण सेयरको तुलनामा प्राथमिकता पाउने सेयर हो। यसका सेयरधनीलाई लाभांश वितरणमा अग्राधिकार प्राप्त हुन्छ, तर पुँजी फिर्ता नहुने भएकाले ‘अविमोच्य’ भनिन्छ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८० अनुसार, बैंकहरूले निम्न शर्तअनुसार मात्र यस्तो सेयर जारी गर्न सक्छन्:
यदि बैंकको ट्रिगर बिन्दु (५.१२५% भन्दा कम प्राथमिक पुँजी अनुपात) पुगेमा, यस्तो सेयरलाई साधारण सेयरमा परिणत गर्नुपर्नेछ, जसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ। यस प्रक्रियामा स्पष्ट मापदण्डहरू पालना गरिनुपर्नेछ।
एनआइसी एसिया बैंकले जारी गर्न लागेको अग्राधिकार सेयरले पूँजी मजबुतीका साथै लगानीकर्तालाई आकर्षक अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.