काठमाडौं: एनआइसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिन चैत २८ गते बिहीबार अन्तिम मौका रहेको छ। मागभन्दा बढी आवेदन परेपछि बिहीबारदेखि बिक्री बन्द गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। बैंकले चैत २५ गतेदेखि प्रतिइकाई १,००० रुपैयाँको दरमा कुल ५० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको थियो। तीमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई […]
काठमाडौं: एनआइसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिन चैत २८ गते बिहीबार अन्तिम मौका रहेको छ। मागभन्दा बढी आवेदन परेपछि बिहीबारदेखि बिक्री बन्द गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
बैंकले चैत २५ गतेदेखि प्रतिइकाई १,००० रुपैयाँको दरमा कुल ५० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको थियो। तीमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्रीका लागि छुट्याइएको हो। सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये ५ प्रतिशत (१ लाख इकाई) म्युचुअल फन्डहरूलाई छुट्याइएको बैंकले जानकारी दिएको छ।
बैंकले १० वर्ष अवधिको ‘७५ एनआइसी एसिया डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर हुनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रमा लगानी गर्न सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनीहरूको शाखा कार्यालय तथा मेरोसेयर प्रणालीमार्फत आवेदन दिन सकिनेछ। प्रभु क्यापिटल लिमिटेड यस ऋणपत्रको बिक्री प्रबन्धक रहेको छ। साथै, क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस ऋणपत्रलाई “मध्यम रूपमा सुरक्षित” जनाउँदै ‘आईआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस’ प्रदान गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.