काठमाडौं: एनआइसी एसिया बैंकले आगामी चैत २५ गतेदेखि ऋणपत्र (डिबेन्चर) बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरका कुल ५० लाख इकाई जारी गर्न लागेको छ, जसको ४० प्रतिशत (२० लाख इकाई) सर्वसाधारणका लागि र ६० प्रतिशत (३० लाख इकाई) प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएका इकाइमध्ये ५ प्रतिशत (१ लाख […]
काठमाडौं: एनआइसी एसिया बैंकले आगामी चैत २५ गतेदेखि ऋणपत्र (डिबेन्चर) बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरका कुल ५० लाख इकाई जारी गर्न लागेको छ, जसको ४० प्रतिशत (२० लाख इकाई) सर्वसाधारणका लागि र ६० प्रतिशत (३० लाख इकाई) प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएका इकाइमध्ये ५ प्रतिशत (१ लाख इकाई) म्युचुअल फन्डलाई विनियोजन गरिएको बैंकले जनाएको छ। बैंकले १० वर्ष अवधिको ‘७ एनआइसी एसिया डिबेन्चर २०९१’ निष्कासन गर्न लागेको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
लगानीकर्ताहरूले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
यो डिबेन्चरमा चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ। यदि तोकिएको अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि वैशाख ८ गतेसम्म लम्ब्याइनेछ। लगानीकर्ताहरूले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। साथै, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एनआइसी एसियालाई वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम सुरक्षित जनाउने आइआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस (BBB+) प्रदान गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.