काठमाडौं: एनआईसी एशिया लघुवित्तले आगामी चैत ८ गते साधारण सभा आह्वान गरेको छ। सभा गोर्खा होटल, चतरा लाइन, धरान, सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ। कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि […]
काठमाडौं: एनआईसी एशिया लघुवित्तले आगामी चैत ८ गते साधारण सभा आह्वान गरेको छ। सभा गोर्खा होटल, चतरा लाइन, धरान, सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ।
कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा राखिएको छ।
सभाका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीहरू सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.