एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले साधारण सभा तथा लाभांश वितरणका लागि मंसिर ११ गते बुकक्लोज मिति निर्धारण गरेको छ। यसअनुसार, मंसिर १० गतेसम्म नेप्सेमा कारोबार गरी नामावलीमा रहेका शेयरधनीहरूले आगामी साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीबाट ४०% बोनस शेयर तथा बोनसकाे कर प्रयोजनार्थ २.१०५% नगद लाभांश […]
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले साधारण सभा तथा लाभांश वितरणका लागि मंसिर ११ गते बुकक्लोज मिति निर्धारण गरेको छ। यसअनुसार, मंसिर १० गतेसम्म नेप्सेमा कारोबार गरी नामावलीमा रहेका शेयरधनीहरूले आगामी साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीबाट ४०% बोनस शेयर तथा बोनसकाे कर प्रयोजनार्थ २.१०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, काठमाडौँको थिरबम सडकस्थित आम्रपाली ब्यान्क्वेटमा बिहान ९:०० बजे १३औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा बोनस शेयर पारित गरेपछि कायम हुने चुक्ता पूँजी आधारमा शतप्रतिशत (१:१) हकप्रद शेयर निष्कासन गर्ने महत्वपूर्ण प्रस्ताव पनि पेश गरिनेछ। पूँजी वृद्धि र दीर्घकालीन परियोजना विस्तार लक्षित यस प्रस्तावले कम्पनीको वित्तीय क्षमतामा थप मजबुती ल्याउने अपेक्षा गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.