काठमाडौं: एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत ८ गते) देखि ३५ दिनभित्र बैंकको सचिवालय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ। तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर […]
काठमाडौं: एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत ८ गते) देखि ३५ दिनभित्र बैंकको सचिवालय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ। तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा, बैंकले अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.