काठमाडौं: एनएलजी इन्सुरेन्सले बिक्री खुला गरेको ६२.५६ प्रतिशत हकप्रद सेयर आइतबार, माघ ६ गते बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख १० हजार ६८७ कित्ताका लागि मात्रै आवेदन परेको थियो। यसअनुसार, ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर बिक्री हुन बाँकी रहेको छ। […]
काठमाडौं: एनएलजी इन्सुरेन्सले बिक्री खुला गरेको ६२.५६ प्रतिशत हकप्रद सेयर आइतबार, माघ ६ गते बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख १० हजार ६८७ कित्ताका लागि मात्रै आवेदन परेको थियो।
यसअनुसार, ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर बिक्री हुन बाँकी रहेको छ। कम्पनीले अब यी बाँकी सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ। यसअघि, कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.