एनएलजी इन्सुरेन्सले माघ २० गतेदेखि ३ लाख १७ हजार कित्ता सेयर लिलामीमा खुला गर्ने भएको छ।

काठमाडौं: एनएलजी इन्सुरेन्सले माघ २० गतेदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको छ। यसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर समावेश छन्। लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहतर्फ न्यूनतम १० हजार कित्ता र […]

काठमाडौं: एनएलजी इन्सुरेन्सले माघ २० गतेदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको छ। यसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर समावेश छन्।

लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहतर्फ न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदन दिनु पर्ने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ। यस लिलामीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। यसअघि, कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। बिक्री नभएका बाँकी सेयरहरूलाई अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In