काठमाडौं : एनएलजी इन्सुरेन्सले आज (माघ २० गते) देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्रीका लागि खुला गरेको छ। जसअन्तर्गत, संस्थापक समूहका २९ हजार ९७७.३१ कित्ता तथा सर्वसाधारण समूहका २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर समावेश छन्। यस लिलामी प्रक्रियामा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मूल्य मानेर प्रतिस्पर्धात्मक […]
काठमाडौं : एनएलजी इन्सुरेन्सले आज (माघ २० गते) देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्रीका लागि खुला गरेको छ। जसअन्तर्गत, संस्थापक समूहका २९ हजार ९७७.३१ कित्ता तथा सर्वसाधारण समूहका २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर समावेश छन्।
यस लिलामी प्रक्रियामा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मूल्य मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहका लागि न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ।
आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म तोकिएको छ। यस लिलामी सेयर बिक्रीको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ। यसअघि, कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएका बाँकी सेयरहरूलाई कम्पनीले अब लिलामीमार्फत बिक्री गर्न लागेको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.