एनजीपीएलको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन आज

काठमाडौं – ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (फागुन २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस २३ देखि माघ २९ गतेसम्म १:१ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको थियो। तर, उक्त हकप्रद शेयरमा सम्पूर्ण आवेदन नपरेपछि बाँकी रहेको […]

काठमाडौं – ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (फागुन २८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले गत पुस २३ देखि माघ २९ गतेसम्म १:१ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको थियो। तर, उक्त हकप्रद शेयरमा सम्पूर्ण आवेदन नपरेपछि बाँकी रहेको ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सोभन्दा बढीका लागि १० अंकको गुणांकारमा वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

यस लिलाम शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विभिन्न शाखा कार्यालयहरूबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन्। सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट बोलपत्र आवेदन दिन सकिने व्यवस्था छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In