काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धि ४.९ प्रतिशत र नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदनमार्फत एडीबीले एसियाली मुलुकहरूको आर्थिक वृद्धि र मुद्रास्फीतिसम्बन्धी आकलन प्रस्तुत गरेको हो। प्रतिवेदन अनुसार, अमेरिकी भन्सार नीतिमा गरिएको नयाँ संशोधन, भूराजनीतिक तनावजस्ता […]
काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धि ४.९ प्रतिशत र नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदनमार्फत एडीबीले एसियाली मुलुकहरूको आर्थिक वृद्धि र मुद्रास्फीतिसम्बन्धी आकलन प्रस्तुत गरेको हो।
प्रतिवेदन अनुसार, अमेरिकी भन्सार नीतिमा गरिएको नयाँ संशोधन, भूराजनीतिक तनावजस्ता कारणहरूले एसिया–प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितता बढाउँदै आर्थिक वृद्धिदर र मुद्रास्फीतिमा असर पार्ने देखिएको छ।
एडीबीले अमेरिकी भन्सार शुल्कको असर मूल्याङ्कन गर्दै एसिया–प्रशान्त क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने र सन् २०२६ मा यो दर घटेर ४.७ प्रतिशतमा झर्ने अनुमान गरेको छ।
त्यस्तै, क्षेत्रीय मुद्रास्फीति दर सन् २०२५ मा २.३ प्रतिशत र सन् २०२६ मा २.२ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ मा २.६ प्रतिशत रहेको थियो।
नेपालको हकमा भने सन् २०२५ मा मुद्रास्फीति ५.२ प्रतिशत र सन् २०२६ मा ५ प्रतिशत पुग्ने एडीबीको अनुमान छ। गत असोजमा देखिएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा परेको असरले मुद्रास्फीतिमा वृद्धि भएको उल्लेख गरिएको छ।
एडीबीको प्रतिवेदनमा भनिएको छ, “अप्रिलको सुरुमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र आगामी थप व्यापार नीतिहरूले आर्थिक वृद्धिमा गिरावट ल्याउन सक्छ। यसले व्यापार क्षेत्रमा थप अनिश्चितता उत्पन्न गर्न सक्छ।”
त्यस्तै, विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउने सम्भावना रहेको र मध्यपूर्वको तनाव, खाद्य तथा ऊर्जा मूल्यमा सम्भावित वृद्धिसहित युक्रेन–रुस युद्धबाट उत्पन्न अनिश्चितताहरूले विश्व अर्थतन्त्रमा थप जोखिम थप्ने उल्लेख गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.