काठमाडौं : एभरेष्ट बैंकले ऋणपत्र बिक्रीमा माग पूरा नभएपछि आवेदन अवधि लम्ब्याएको छ। निर्धारित समयमा आवश्यक संख्यामा बिक्री नभएकाले समय थप गर्दै चैत ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यदि यस अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएमा, बैंकले सूचना प्रकाशित गरी आवेदन प्रक्रिया कुनै पनि दिन बन्द गर्न सक्ने जनाएको छ। बैंकले फागुन […]
काठमाडौं : एभरेष्ट बैंकले ऋणपत्र बिक्रीमा माग पूरा नभएपछि आवेदन अवधि लम्ब्याएको छ। निर्धारित समयमा आवश्यक संख्यामा बिक्री नभएकाले समय थप गर्दै चैत ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यदि यस अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएमा, बैंकले सूचना प्रकाशित गरी आवेदन प्रक्रिया कुनै पनि दिन बन्द गर्न सक्ने जनाएको छ।
बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो। प्रति इकाई १,000 रुपैयाँ दरमा कुल ३० लाख इकाई बिक्रीमा ल्याइएको छ। जसमध्ये १८ लाख इकाई विभिन्न संघसंस्थालाई बैंककै पहलमा बिक्री गरिनेछ।
सर्वसाधारणका लागि बाँकी १२ लाख इकाई छुट्याइएको छ, जसको ५ प्रतिशत अर्थात ६० हजार इकाई सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बैंकले १० वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको छ, जसमा वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गरिनेछ।
बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले लिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनमार्फत पनि उपलब्ध हुनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.