बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। प्रतिइकाई १,००० रुपैयाँ दरका ३० लाख इकाईमध्ये १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ, जबकि बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। त्यसमध्ये ५% (६० हजार इकाई) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ नामक १० […]
बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। प्रतिइकाई १,००० रुपैयाँ दरका ३० लाख इकाईमध्ये १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ, जबकि बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। त्यसमध्ये ५% (६० हजार इकाई) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ नामक १० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ७.५०% ब्याजदर प्रदान गरिनेछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले सी–आस्वा सदस्य बैंक, वित्तीय संस्था वा मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.