नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेड (EBL) को शेयरमूल्य समायोजन गरिएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजन गरी नयाँ मूल्य रु. ६७६.४२ निर्धारण गरेको हो। अघिल्लो कारोबार दिन कम्पनीको शेयर अन्तिम पटक रु. ७१७ मा कारोबार भएको थियो। यही समायोजित मूल्यका आधारमा बैंकको […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेड (EBL) को शेयरमूल्य समायोजन गरिएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजन गरी नयाँ मूल्य रु. ६७६.४२ निर्धारण गरेको हो।
अघिल्लो कारोबार दिन कम्पनीको शेयर अन्तिम पटक रु. ७१७ मा कारोबार भएको थियो। यही समायोजित मूल्यका आधारमा बैंकको शेयर कारोबार आगामी आइतबारदेखि खुल्नेछ।
एभरेष्ट बैंकले कात्तिक १२ गते, बुधबार, बिहान ११ बजे आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा ३१ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण, प्रबन्धपत्र संशोधन तथा लेखापरीक्षक नियुक्तिसहितका प्रस्ताव पारित गर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.